← Back to Writings

Poem

मुक्तकहरू

📅 Invalid Date1 min read🌐 Nepali
#Poetry#mUKTAK#love

Background

This is the collection of all the muktaks written by me.

Dedication

Anonymous.

मुक्तक सङ्ग्रह

याद आयो अचनक आफैँले च्यातेको त्यो चिठी, कति बिस्तारै लेखेको थिए त्यो नयाँ कागजमा चिठी। चिठीको चिता त फोहोर उठेउनेले कहाँ लागिसके, तर बेलाबेला भूत बानी तर्साउन आउँछ अझै चिठी।

माग्दै नमागेको जीवनको छ ऋण थुप्रो तिर्नुपरेको, बाध्यताले नै हो मैले पनि यहाँ जीवन बाँच्नुपरेको, एकैछिन खुसी हुदाँ कस्तो हुन्थ्यो होला खै, भारी मन लुकाउन छ मन्द मुस्कानले छोप्नुपरेको।

बाटोमा फुलिरहेको फूललाई चुडेर गयौ, तिम्रो हाँसोमा परेको पिरतीलाई नहेरी गयौ, मन मरिसक्यो मुटु लिएर के गरूँ भन आफैँ, तिम्रो पासोमा परेको सिकारलाई नमारी गयौ।