मुक्तक सङ्ग्रह
याद आयो अचनक आफैँले च्यातेको त्यो चिठी, कति बिस्तारै लेखेको थिए त्यो नयाँ कागजमा चिठी। चिठीको चिता त फोहोर उठेउनेले कहाँ लागिसके, तर बेलाबेला भूत बानी तर्साउन आउँछ अझै चिठी।
माग्दै नमागेको जीवनको छ ऋण थुप्रो तिर्नुपरेको, बाध्यताले नै हो मैले पनि यहाँ जीवन बाँच्नुपरेको, एकैछिन खुसी हुदाँ कस्तो हुन्थ्यो होला खै, भारी मन लुकाउन छ मन्द मुस्कानले छोप्नुपरेको।
बाटोमा फुलिरहेको फूललाई चुडेर गयौ, तिम्रो हाँसोमा परेको पिरतीलाई नहेरी गयौ, मन मरिसक्यो मुटु लिएर के गरूँ भन आफैँ, तिम्रो पासोमा परेको सिकारलाई नमारी गयौ।