← Back to Writings

Poem

मेरो देश

📅 11 July 20261 min read🌐 Nepali
#Poetry#Nepal

Background

This is the first poem ever written by me. It was written during my school days when I was in grade 8.

Dedication

To the motherland, Nepal.

मेरो देश

मेरो देश हो ईश्वरको मनोहर वर, चार जात छत्तिस वर्णको प्यारो घर। पवित्र छन यहाँका खोला र नदी, जीवन दिन्छन् यिनले बस्दछन मेरो देशमा जति।

हेर्दा देखिएला मेरो देश सानो, छैन यहाँ कसैको मन अरूप्रति बिरानो। एक छ हिमाल, एक छ पहाड, एक छ तराई, तर छैन यहाँ कोही पनि पराई।

नेपालीसँग तुलना गरिन्छन् चाँदी र सुन, अङ्कित छन् यहाँ ध्वज तथा मनमा सूर्य र जून। एक अर्काको दुख बोक्दछन् सबै भरिया सरी, मेरो देशको गौरव गान गाउँदा अभिमान छाउँछ छाती भरी।

सीता, जनक तथा भृकुटीको हो थलो मेरो देश, विश्वकै प्राचीन सभ्यता हो मेरो देश। धर्तीकै अपार नमुना हो मेरो देश, हरेक नेपालीको प्राण र अभिमान हो मेरो देश।

भाग्यशाली छ ऊ जसले यो देशमा जन्म लियो, तर कोही अगि छैनन् आज मठ र गुम्बामा बाल्न दियो। ईश्वर रचित मेरो देश आज किन पिछडियो, व्यक्तिगत लाभको लागि किन मेरो देशको कलेजो नै निचारियो।