← Back to Writings

Poem

तिम्रो चाहना छैन मलाई

📅 24 November 20241 min read🌐 Nepali
#Poetry#grief#love#sadness

Dedication

Anonymous.

तिम्रो चाहना छैन मलाई

आज साँझ तिमीलाई देखे, फेरि प्रेमिपनमा पो पुगेछु, तिमीलाई देखेर कता चिसो बतास चले जस्तो भयो, मेरो जीउ कामेको होकी भनेको त, मन तरङ्गित भएको थाहा भयो।

खोई काहाँबाट आउँछन् यस्ता तरङ्गहरु कुन्नि, पागल त पक्कै छुइन म पनि, तर खोई तिमीलाई हेर्दाहेर्दै थुप्रै बेर टोलाएछु, तिम्रो प्रतीक्षा त गरेको थिइन मैले, तर तिमीलाई बाटोमा देख्दा यसै रमाएछु।

तिमीलाई देखेको आदि घण्टा बितिसकेछ, तिम्रै मात्र सम्झनामा पो अल्झिएछु क्यारे, कुन गीत कुन ताल भन्नु खोई यो तरङ्गीले, प्रेम अन्धो हुन्छ अरे, मलाई त बहिरो पनि पो बनाएछ यसले।

माया मारेको छैन बस्, संसारमा तिमीलाई सबैभन्दा बढी माया गर्ने म नै हो। तिम्रो कुनै चाहना छैन मलाई हेर, तिमीलाई खुशी देख्ने रहर मात्र हो।